महुरीमा लागेको अज्ञात रोगका कारण जुम्लाका किसानहरु चिन्तित

J

जुम्ला । जुम्लामा पालिदै आएको लोपन्मुख एपि सेराना सेराना जातको मौरीका नै मासिने अवस्थामा पुगेको छ । महुरीपालक किसानहरु यो वर्ष महुरीमा लागेको अज्ञात रोगका कारण चिन्तित छन् । एपि सेराना सेराना जातको मौरीहरुमा देखिएको अज्ञात रोग तथा मह उत्पादन शुन्य स्थितीमा रहेकाले यसको समाधानको लागि जिल्लाका सरोकारवाला सँग छलफल गरिएको छ । कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडको आयोजनामा छलफल गरिएको हो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जुम्लाको मौरीमा देखिएका समस्या समाधानको लागि विज्ञ टोली बोलाउनु पर्ने बताए । किसानहरुलाई आवश्यक तयारी गर्न भन्दै उहाँले विज्ञ टोली झिकाई समस्या समाधान गरिने बताए । कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख डाक्टर तपनवहादुर शाहले जुम्लामा रहेका प्राविधिकलाई वस्तुस्तिथी बुझन लगाई समस्या समाधान गरिने बताए ।

जुम्लाका प्राविधिकहरुबाट समस्या समाधान हुन नसकेमा काठमाण्डौँबाट विज्ञ टोली बोलाई मौरीममा देखिएको अज्ञात रोगको समाधान गरिने उनको भनाइ छ । बर्षेनी ३ करोड रुपैयाँसम्मको मह बेच्ने जिल्लाका किसान यसवर्ष महुरीलाई खान पुग्ने महसमेत उत्पादन नभएकाले चिन्तित भएका छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...