गुल्मीमा सुन्तला उत्पादनमा बृद्धि

O

गुल्मी । गुल्मीमा यस बर्ष सुन्तला उत्पादनमा बृद्धि भएको छ । जिल्लामा यस बर्ष २५ करोडको सुन्तला उत्पादन भएको अनुमान गरिएको छ । जसले गर्दा किसान हर्षित भएका छन् । धुर्कोट गाउँपालिका १ नयाँगाउँका ५२ बर्षिया टिका बहादुर हमाललाई बिहानदेखि बेलुकासम्म सुन्तलाको स्याहार सुसार गर्न भ्याईनभ्याई छ ।

विगत ३१ बर्षदेखि १२ रोपनी जग्गामा सुन्तला खेति गर्दै आउनुभएका उहाँले बार्षिक पाचँदेखि छ लाखसम्म आम्दानी गर्नुहुन्छ । उहाँको नर्सरीमा अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भईरहेको छ, भने थप ४० हजार विरुवा नर्सरीमा छन् ।

नौ बर्षदेखि ब्यवसायीक सुन्तला खेतिमा लाग्नुभएका अर्का किसान चन्द्र विकले पनि अहिले ६० हजारको सुन्तला विक्रि गर्नुभयो । जिल्लामा उत्पादन भएको सुन्तलाको ‘भण्डार केन्द्र’ नहुँदा किसानहरु बिचौलियाको मारमा पर्ने गरेका छन् ।

सिँचाईको अभाव, प्राविधिक ज्ञानको कमि लगायतका समस्या पनि किसानले खेप्दै आएका छन् । सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ भनी घोषणा समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...