संगठित बन्न थाले युएईको रोजगारीपछि नेपाल फर्किएका नेपाली

Uae news

काठमाडौं । युएईको रोजगारीपछि नेपाल फर्किएका नेपालीहरुले नेपाल यूएई फ्रेन्डसीप सोसाइटीको गठन गरेका छन् ।

फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठको अध्यषतमा गठित सो सोसाइटीको उपाध्यक्षमा जेपी सापकोटा, महासचिवमा दामोदर नेपाल र कोषाध्यक्षमा ज्ञानु गजमेर रहेका छन् ।

सदस्यहरुमा हिमालयश्वरी मानन्धर, रविन्द्र दाहाल, मुकेश झा, सपना थापा शाह र अपराजिता खड्का रहेका छन् । क्याप्टेन प्रचण्डजंग शाह, रामेश्वर शाह, डा. आसिफ अलि सिद्यिकी, मोहन शर्मा र विज्ञानजंग राणा रहेको ५ सदस्य सल्लाहकार समिति पनि गठन भएको छ ।

दुई देश बीचको आपसी सम्बन्ध तथा पर्यटन प्रवर्धन, साँस्कृतिक आदान प्रदान तथा मैत्री सम्बन्धलाई अझ दरिलो बनाउन उनीहरुले यूएई फ्रेन्डसीप सोसाइटी गठन गरेका हुन् ।

सो संस्थाको नेपालका लागि संयुक्त अरब ईमिरेट्स यूएईका राजदूतसईद हमदान अल नक्बी र सोसाईटीका अध्यक्ष एवं फ्रान्सका लागि पूर्व नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले मंगलबार संयुक्त रुपमा उद्घाटन सोसाइटीको उदघाटन गरे ।

सो कार्यक्रममा राजदुत अल नक्वीले युएईमा नेपालीमाथि ठूलो विश्वास रहेकोले युएईका शाही दरवारदेखि एयरपोर्ट लगायतका सबै तहमा नेपालीहरु कार्यरत रहेको बताए । उनले प्राकृतिक, साँस्कृतिक तथा पर्यटकीय विकासका कार्यक्रममा युएइको सधैं सहयोग रहने आश्वासन दिए ।

‘कुटनीतिमा तीन दशक’ पुस्तकका लेखक तथा सोसाइटीका अध्यक्ष श्रेष्ठले आफू युएई दूतावासमा कार्यरत रहँदा युएई र नेपालबीच धेरै सहयोग र सहकार्यको सम्भावना देखेकाले सो कार्यलाई साकार रुप दिन सोसाइटीको स्थापना गरिएका बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...