मोरङमा नयाँ शक्तिको प्रशिक्षण सम्पन्न
विराटनगर । नयाँ शक्ति पार्टी नेपालले मोरङमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सो प्रशिक्षण कार्यक्रममा मोरङका नेता तथा कार्यकर्ता सहभागी थिए ।
सो प्रशिक्षण कार्यक्रम प्रदेशका संयोजक प्रभुराम श्रेष्ठले देशमा दुई तिहाईको कम्युनिस्टको सरकार देशमा हत्या हिंसा र बलात्कार भ्रष्टाचार गुण्डागर्दीको भएको र देशलाइ भंगालोमा हालेको आरोप लगाए ।
एकदिने सो प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं प्रदेशका प्रवक्ता दलमर्दन कामी, केन्द्रिय हेडक्वाटर सदस्य डम्बर खतिवडा, हेडक्वाटर सदस्य पर्शुराम खापुङ लगायतले प्रशिक्षण् दिएका थिए ।
सोही कार्यक्रममा तरुण दलका नेता बिनोद न्यौपाने, संघीय समाजबादी फोरमका जिल्ला सदस्य मोहमद हातिम, बिश्व हिन्दु महासंघका युवा अध्यक्ष साजन सिंह, बिजयकुमार यादव, विकाश कुमात शाह, बासु मन्डल ,मनोज चौधरी, मुकेश चौधरी, सागर देवकोटा, राहल थापामगर लगायतका दर्जनौं कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गरेका थिए ।
प्रतिकृया दिनुहोस