भरुवा बन्दुक पड्किएर एक जना ठहरै

Bharuwa banduk

धनकुटा । पाख्रिवास नगरपालिका-८ चुहाडे खोलामा आफैंले बोकेको बन्दुक पड्किएर एकको मृत्यु भएको छ ।

सोमबार राती आफैंले बोकेको भरुवा बन्दुक पड्किएर सोही स्थान बस्ने जितबहादुर राईको छोरा भिमकुमार राईको मृत्यु भएको हो

इलाका प्रहरी कार्यालय पाख्रिवासका अनुसार ३५ वर्षीय राई बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको भन्ने जनाकारी पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पाख्रिवासबाट प्रहरी टोली खटी कानूनी प्रक्रिया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको छ ।

प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...