चाडपर्वको बिदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै दवावमूलक आन्दोलनको कार्यक्रम घोषणा

Adibasi 446x300

काठमाडौं । सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

एक साता लामो आन्दोलन पत्रकार सम्मेलन गरी सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै दवावमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

आफूहरुको पहिचानको रुपमा रहेको सांस्कृतिक चाडपर्वको विदा कटौती खारेज गर्न माग गर्दै दवाव आन्दोलन सुरु गर्नुपरेको महासंघका अध्यक्ष जगतबहादुर बरामले जानकारी दिए ।

महासंघले आदिवासी जनजातिहरुको सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय फिर्ता लिन सरकारलाई दवाव दिँदै आएको छ । विदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

कार्यक्रम अनुसार मंसिर २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने, पुस १ गते विदेशस्थित सबै नेपाली दुतावासमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, पुस १ गते नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि आफ्नो माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाउने बताएको छ ।

पुस २ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र पुस ३ गते प्रधानमन्त्री केपी ओलीलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । पुस ४ गते सबै जिल्ला प्रशासन कार्यालय, सबै प्रदेशको मुख्यमन्त्रीको कार्यालय र काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...