बालकहरुको आपराधिक घटनामा संलग्नता बढ्दै

Apradh 546x300

उदयपुर । विभिन्न आपराधिक क्रियाकलाप (बलात्कार, यौनहिंसा र चोरी) जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्ष मुनिका बालक संलग्न हुने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्क अनुसार ४ महिनामा भएका जिल्लाका विभिन्न आपराधिक घटनामा अधिकांशमा बालक नै संलग्न हुने गरेका छन् ।

जिल्लामा भएका ४ महीनाभित्रका बालिका बलात्कार झण्डै ७ घटना तथा यौन दुव्र्यवहारका अधिकांश घटनामा १५ वर्षसम्मका बालकको संलग्नता रहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए ।

इन्सेक उदयपुरका अनुसार ४ महीनाभित्र जिल्लामा २२ बालिका बलात्कृत भएको र त्यसमा १५ वर्षसम्मका बालकको संलग्नता धेरै छ । इन्सेक उदयपुरका संयोजक भरत थापाका अनुसार बलात्कारको घटनामा पहिले १७ वर्ष भन्दा माथिका किशोर बढी संलग्न हुने गरे पनि अहिले १५ वर्ष मुनिका बालकको धेरै संलग्नता देखिन्छ ।

यस अघिका वर्षमा जिल्ला लागुऔषध दुव्र्यसन र प्रयोगकर्तामा पनि बढी किशोर संलग्न हुने गरेको तर अहिले १५ वर्ष मुनिका बालक धेरै संलग्न हुने र दुव्र्यसनमा फस्ने गरेको प्रहरी प्रमुख राईले जानकारी दिए ।

बालबालिका अपराध तथा लागुऔषध दुव्र्यसनमा फस्दै जानु भनेको अभिभावकले आफ्ना बालबालिकाको उचित रेखदेख र हेरचाह नगरी लापवाही गर्नाले बालबालिका बढी अपराधमा संलग्न हुन थालेको र आफ्नो जीवनलाई संकटमा पारिरहेको प्रहरीको भनाई छ ।

मोबाइल जस्ता प्रविधि बढी चलाउन दिनु, गलत संगतमा लागेका बालबालिकालाई अभिभावकले बेवास्ता गर्नु र समाजका जिम्मेवार व्यक्ति पनि गैरजिम्मेवार बन्दै जानुले अहिले उदयपुरमा बालबालिका अपराधमा बढी संलग्न हुन थालेको विभिन्न विश्लेषक तथा बुद्धिजीवीको धारणा छ ।

समयमा नै अभिभावकसचेत नबने जिल्लाका धेरै बालबालिकाको भविष्य अन्धकार हुने र आपराधिक क्रियाकलाप बढ्दै जाने देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...