धितोपत्र बजार सुधारको माग राख्दै कार्यालयमा धर्ना

Dharna stuk

काठमाडौं । धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्ना दिएका छन् ।

धर्नालाई नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाएका छन् । शेयर बजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उनले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताए ।

उनले मुलुकको आर्थिक अवस्थाको प्रतिविम्बका रूपमा रहेको शेयर बजारलाई व्यवस्थित बनाउन सरकारले विशेष पहल गर्नुपर्ने सुझाव दिए । लगानीकर्ताले आज तेस्रो दिन पनि अनशन जारी राखेका छन् ।

सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । सो कार्यदलले काम शुरु गरिसकेको छ । अर्थमन्त्री डा।युवराज खतिवडाले यही मंसिर २० गते उक्त कार्यदल गठन गरेका हुन् । कार्यदलको पहिलो बैठक यही मंसिर २३ गते बसेको थियो ।

बैठक पुनः आज बस्ने कार्यसूची रहेको छ । अर्थ मन्त्रालयले कार्यदललाई ७ दिनभित्र सुझाव दिन समयावधि तोकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...