नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पक्राउ

Arreeee

पोखरा । फेसबुकको माध्यमबाट लाइसेन्स बनाइदिने प्रलोभन देखाइ ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

लाइसेन्स बनाइदिने भन्दै प्रत्येक व्यक्तिसँग ३५ देखि ४५ हजार रुपैयाँसम्म असुलेको उजुरीको आधारमा पर्वतका सरोज चपाईंलाई कास्की प्रहरीले पक्रेको हो ।

उनले लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्सको कागज अरु नै ब्यक्तिबाट पठाउने र आइएमईमार्फत रकम मगाउने गरेको गुनासो पीडितको छ । नक्कली फेसबुकबाट कुरा गरेर धेरैसँग पैसा असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको कोठाबाट २ जनाको नक्कली लाइसेन्ससमेत फेला परेको प्रहरीले जनाएको छ ।

उनले म्याग्दीका सुरेश खत्री, डेकप्रसाद श्रेष्ठ, मदन श्रेष्ठ, टंकलाल श्रेष्ठलगायतसँग लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्स बनाएर ठगी गरेका थिए ।

उनले गण्डकी यातायात कार्यालय पोखरा लाइसेन्स लेखिएको फेसबुक ग्रुप तथा पेजबाट जोडिएर लाइसेन्स बनाइदिने प्रलोभनमा ठगी गरेको आरोप छ । चपाईंलाई मंगलबार मुद्धा चलाएर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...