योगी आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी
जनकपुर, २५ मंसिर । राम जानकी विवाह महोत्सवमा विशेष पाहुना बनेर आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि झन्डै ४ हजार सुरक्षाकर्मी खटिने भएका छन् ।
धेरै संख्यामा सुरक्षाकर्मी खटिने भएका कारण अन्य प्रदेशबाट समेत सुरक्षाकर्मी ल्याउने तयारी भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख नायब महानिरीक्षक हरिबहादुर पालले जानकारी दिए ।
‘प्रदेशअन्तर्गतका ८ जिल्लाबाहेक प्रदेश नम्बर १ र ३ बाट समेत सुरक्षाकर्मी आउने उनले बताए । राम–जानकी विवाह महोत्सवका लागि ३ हजारको संख्यामा नेपाल प्रहरी नै खटिने छन् । यसमध्ये प्रदेश नम्बर २ को प्रत्येक जिल्लाबाट गरी १ हजार नेपाल प्रहरी खटिनेछन् ।
प्रतिकृया दिनुहोस