‘मेरो श्रीमानले सधैँ साथीसँग सम्बन्ध राख्न दबाब दिन्थ्यो’
काठमाडौं । भारतको विहारस्थित मधेपुरामा श्रीमतीले साथीसँग सम्बन्ध राख्न इन्कार गरेको भन्दै एक व्यक्तिले हत्या कोसिस गरेका छन् ।
उनले श्रीमतीलाई आफू र साथीको सहयोगमा कुटपिट गरेका छन् । उनले कुटेर श्रीमती बेहोस भएपछि मरिसकेको ठानेर वाइकमा लगी सडकको किनारामा छोडेका थिए । आफू भने फरार रहेका छन् । सडक किनारमा बेहोस अवस्थामा रहेकी उनलाई त्यहाँ वरपर हिड्ने मानिसले अस्पतालसम्म पु¥याएका थिए ।
ती महिलाको बयानका आधारमा दोषी श्रीमान बाल्मिकी शाहका नाममा प्रहरीले मुद्धा दर्ता गरेर खोजीकार्य अगाडि बढाएको छ । पीडित महिलाका अनुसार उनी एक वर्ष अगाडि मधेपुराको एक निजी नर्सिङ होममा काम गर्ने गरेकी थिइन् ।
त्यसै बेला त्यहाँ प्रेस चलाएर बसेका शाहासँग प्रेमपछि उनको विवाह भएको थियो । उनीहरु दुवैको ६ महिना अगाडि विवाह भएको थियो ।
दुवै जनाबीच केही समय राम्रो सम्बन्ध बन्यो । समय बित्दै जाँदा श्रीमानले आफ्नो कुरुपपन देखाउन शुरु ग¥यो । शाहाले श्रीमतीलाई साथीसँग सम्बन्ध राख्न दबाब दिन थाले । ती महिलाले सधैँ यो बिषयमा विरोध गर्दै आएकी थिइन् ।
एक दिन श्रीमानले उनलाई घरमै कुटेका थिए । तैपनी उनले नाजायज सम्बन्ध राख्न स्वीकार गरिनन् । प्रहरीका अनुसार फरार रहेका शाहाको खोजी कार्य चलिरहेको छ ।
प्रतिकृया दिनुहोस