सीमा क्षेत्रमा भारतीय हतियारधारीसँग गोली हानहान, १ को मृत्यु

Goli hananan inaruwa 5 copy

सुनसरी । भारतीय हतियारधारी र सीमा प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा एक हतियारधारीको घट्नास्थलमै मृत्यु भएको छ ।

जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गए राति प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुँयालकाअनुसार सीमा इलाका मुसहरी टोलमा शान्ति सुरक्षा र चोरी डकैती नियन्त्रणको लागी खटिएको प्रहरीलाई लक्षित गरेर गोली प्रहार भएपछि जवाफी फायरिङमा एक जनाको मत्यु भएको हो मृतकको सनाखत हुन सकेको छैन ।

डाँकाको समूहलाई रोक्न खोज्दा उल्टै प्रहरीमाथि नै डाँकाको समूहले गोली चलाएको थियो । आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा १ डाँकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक फुयाँलले जानकारी दिए ।

अन्य व्यक्ति भने भारततर्फ नै भागेका छन् । खोजतलासबाट प्रहरीले गोली लोड भएको कटुवा पेस्तोल दुई थान, तथा मृतकको पाइन्टको खल्तीबाट पाँच वटा गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...