अन्तरप्रदेश परिषदको बैठक : आज बोल्ने पालो ४ मुख्यमन्त्रीको

State council meeting

काठमाडौं । आज बस्ने अन्तरप्रदेश परिषदको बैठकमा ३ प्रदेशका मुख्यमन्त्रीले आफ्नो धारणा राख्ने भएका छन् । प्रदेश सरकार गठन भएको झण्डै १० महिनापछि आइतबार सुरु बैठक सोमबार बिहान १० बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बस्ने बैठकमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले धारणा राख्नेछन् । आइतबारको बैठकमा ४ प्रदेशका मुख्यमन्त्रीहरूले धारणा राखेका थिए ।

प्रदेश र केन्द्रबिच दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेशको बैठक बोलाएका थिए । संविधानमको धारा २३४ मा संघ र प्रदेशबिच भएका राजनीतिक विवाद मिलाउन प्रधानमन्त्रीले अन्तरप्रदेश बैठक बोलाउन सक्ने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...