पूर्व कर्मचारीले गरे टिचिङ अस्पतालभित्रै आत्महत्या
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका पूर्व कर्मचारीले अस्पताल परिसरभित्रै आत्महत्या गरेका छन् ।
काठमाडौं महानगरपालिका–३ धारामार्गका ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंका अनुसार उनको शव भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे फेला परेको थियो ।
बोहराले लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत थिए । उनले २०६० मा मात्रै अवकाश लिएका थिए । रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्ने अहिलेसम्म खुलेको छैन ।
प्रतिकृया दिनुहोस