सकियो राष्ट्रवादीको प्रदेश स्तरीय प्रशिक्षण भेला
काठमाडौं । नेपालको पहिचान धार्मिक स्वतन्त्रतासहित सनातन हिन्दु राष्ट्र हुनुपर्ने प्रस्ताव पारित गर्दै एकीकृत राप्रपा राष्ट्रवादीको प्रदेश नं ३ को भेला तथा प्रशिक्षण कार्यक्रम सकिएको छ ।
शनिबारदेखि भएको सो भेलाले भ्रष्टाचार कुशासन र जनविरोधि क्रियाकलाप जुनसुकै तहमा देखिए पनि त्यसविरुद्द आवाज उठाउने र संघर्ष गर्ने प्रस्ताव पारित गरेको छ ।
सो भेलाले नेपाली राष्ट्रिय एकतालार्इ बल दिन संवैधानिक राजसंस्था देशको लागि आवस्यक रहेको प्रस्ताव पनि पारित गरेको छ । सो भेलाले एउटा विवादस्पद धर्म प्रचारक धार्मिक आर्थिक संस्थाको बजारिकरण गर्न सिङ्गो राज्य र प्रधानमन्त्रीको संलग्नता प्रति खेद प्रकट गर्दै सरकारले माफी माग्नुपर्ने प्रस्ताव पनि पारित गरेको छ ।
आउँदो माघ महिनाभित्र प्रदेश नं ३ अन्तर्गतका १३ जिल्ला भित्रका सबै तहका इकाइ कमिटी गठन सम्पन्न गरी फागुनको पहिलो साता प्रदेश अधिवेसन गर्ने प्रस्ताव पारित गरेको एराप्रपा राष्ट्रवादीका सहप्रवक्ता जनकराज पाठकले बताए ।
सो प्रशिक्षण कार्यक्रममा प्रदेश ३ का ४४ केन्द्रीय सदस्य, १३ जिल्लाबाट ५४ जना, भातृ संगठनबाट १७ जना गरि जम्मा ११५ जनाको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस