अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै अनशन शुरु
काठमाडौं । राज्यले सेयर लगानीकर्तालाई उपेक्षा गरेको भन्दै अर्थमन्त्री युवराज खतिवडाको राजीनामा माग गरिएको छ ।
उनीहरुले राजीनामा माग्दै अनशन शुरु गरेका छन् । दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट अनशन शुरु गरेका हुन् ।
भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन शुरु गरिएको छ । तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले बताए ।
सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाईन कारोबार प्रणालीले काम नगरेपछि सेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस