आज ११ बजे अन्तरप्रदेश परिषद बैठक बस्दै
काठमाडौं । संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा गर्न अन्तरप्रदेश परिषद बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अन्तरप्रदेश परिषद बैठक बस्दै छ ।
बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आइसकेका छन् । सो बैठकमा गृह, अर्थ लगायतका वरिष्ठ मन्त्रीहरु पनि सहभागी हुनेछन् । मुख्यमन्त्रीहरुले आ–आफ्ना प्रदेशमा भएका कामबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउने छन् ।
प्रदेश सरकारहरुले केन्द्र सरकारले कर्मचारी, कानुन लगायतको प्रवन्धन नगरिदिँदा कामकारवाहीमा समस्या आएको गुनासो गर्दै आएका छन् । संघीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि आजको अन्तरप्रदेश परिषद बैठकलाई महत्वपूर्ण मानिएको छ ।
प्रतिकृया दिनुहोस