मेक्सिकोकी सुन्दरी भेनेसाको पोल्टोमा पर्‍यो मिस वर्ल्डको उपाधी

Venessa sundari

काठमाडौं । मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनको पोल्टोमा परेको छ ।

चीनमा सम्पन्न मिस वर्ल्डको अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलको मन जित्दै मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले मिस वर्ल्ड २०१८को ताज पहिरिएकी हुन् ।

युगाण्डाले मेक्सिको तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भोट पाएका थिए । थाइल्याण्डकी प्रतियोगी फर्स्ट रनर अप हुन सफल भइन् । १३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धी मध्येबाट भेनेसालार्इ उपाधि विजेता घोषणा गरेका थिए ।

नेपालकी श्रृङ्खला खतिवडाको भने अन्तिम १२ मा पुगेर यात्रा टुंगिएको थियो । यस पटक भारत भने अन्तिम १२ मा पनि पर्न सकेन ।

अन्तिम ५ मा पर्न मिस वर्ल्ड एसिया एण्ड ओसियानिया २०१८ को उपाधि जित्नु जरुरी थियो तर त्यो उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाको उपाधि यात्रामा विराम लागेको हो ।

अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् । ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्यो अवार्ड जित्नु मिस वर्ल्डको ताज जितेसरह भएको बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...