पर्वतको भोर्लेलाई बालमैत्री बनाइने

Parbat vorle

काठमाडौं । पर्वतको पैयु गाउँपालिका वडा नं. ७ भोर्लेलाई वालमैत्री बनाइने भएको छ । बालमैत्री बनाउने अभियानअन्तर्गत भोर्लेका युवाहरुलाई घरधुरी सर्वेक्षण सम्वन्धी तालिम समेत दिन थालिएको छ ।

आगामी चैत मसान्तसम्ममा भोर्लेलाई बालमैत्री बनाउन भोर्लेले स्थानीय युवा, वुद्धिजिवी, समाजसेवी र शिक्षकहरुसँग ‘आधारभूत सर्वेक्षण तालिम तथा घरधुरी संरक्षण कार्यक्रम गरिएको छ भने विभिन्न जनचेतना मूलक कार्यक्रम र अन्तरक्रिया लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सचिव सरिता परियारले बताइन् ।

पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी र उपाध्यक्ष जसमती गुरुङले ७ नं. वडा भोर्लेलार्ई मात्रै भन्दा पनि पैयु गाउँपालिकालाई नै बालमैत्री बनाउने योजना रहेको बताए ।

भोर्लेलाई बालमैत्री बनाउने अभियान २०७२ सालदेखि नै सुरु भए पनि त्यसले निरन्तरता पाउन नसकेको अवस्थामा वडा नं. ७ भोर्लेले त्यसलाई पुनः निरन्तरता दिएको हो ।

भोर्लेलाई बालमैत्री बनाउने उद्देश्यले ‘हाम्रो इच्छा, बालमैत्री भोर्लेको प्रतिक्षा’ भन्ने नारा दिइएको छ । भोर्लेको जनसंख्या २ हजार ८ सय छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...