डा. लोहनी भन्छन्, सरकारले मनपरी गर्न थाल्यो
काठमाडौं । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारले मनपरी गर्न थालेको आरोप लगाएका छन् । उनले यो सरकारलाई मकैबारीमा छोडेको साँढेको संज्ञा पनि दिए ।
प्रदेश नं. ३ स्तरीय कायृकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष डा. लोहनीले यो सरकारकै संरक्षणमा भ्रष्टचार मौलाउँदै गएको आरोप लगाए । ‘भ्रष्टचार अभुतपुर्व रुपमा बढेको छ । सुनकान्डको फायल सरकारले हेदैन’ उनले भने, ‘आयल निगमको जग्गा खरिदमा एक अर्बका भ्रष्टाचार भएको फाइल लुकाउनु भनेको सरकारको लाचारीपन हो ।’
काठमाडौंको नयाँ वानेश्वरमा भएको कार्यक्रमलाई सम्बोधन डा. लोहनीले भने, ‘साउनको मकैबारीमा साँढे पसेपछि लठ्ठीले हानेको हानेकै गरेपनि अटेरी गरेर मकै खाएको खाएकै गर्छ, यो सरकारको काम भनेकै भ्रष्टाचार र अनियमितता गर्न गठन भएको जस्तो भएको छ ।’
आइएनजिओले गरेको कार्यक्रममा सरकार सहआयोजक बनेकोमा आपक्ति जनाउँदै उनले त्यसको विरोध गरे । उनले हालै काठमाडौंमा भएको एसिया प्यासिफिक सम्मेलनमा सरकारी लोकोको दुरुपयोग गरिएकोमा आपत्ति जनाए ।
डा. लोहनीले विकास र समृद्धिको बाटोमा लागेको भन्ने सरकारको भनाई र गराईको आकासपातालको फरक रहेको दावी गरे । ‘सरकारसँग विकास खर्च गर्नेसक्ने क्षमता नै छैन’ उनले भने, ‘आर्थिक अनुशासन गुमाउँदै गएको छ । एनसेलको कर अहिलेसम्म सरकारले उठाउन सकेको छैन ।’
उनले सो कार्यक्रममा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो रहेको औल्याए । उनले राष्ट्रवादी शक्तिको मोर्चा बनाउन अरु दलसँग पनि एकताको लागि प्रयास गरिरहेको जानकारी दिए ।
प्रदेश नं ३ को भेलामा वरिष्ठ उपाध्यक्ष गणेश शेरचन, उपाध्यक्षहरु तारानाथ लुइँटेल, श्रीषिवावु परियार, सुष्मा आचार्य, धर्मसंस्कृत विभाग प्रमुख प्रेम मगर, काठमाडौं जिल्ला अध्यक्ष केदार फुयाल र केन्द्रिय सदस्य तथा युवा शक्तिका अध्यक्ष राजु लोहनीले एक भएर अघि बढ्न अपिल गरेका थिए ।
सो कार्यक्रम प्रदेश प्रमुख तथा हामनत्री श्याम तिमिल्सिनाको सभापत्तिमा भएको थियो भने कार्यक्रममा बलबहादुर परियारले स्वागत गरेका थिए ।
प्रशिक्षण कार्यक्रम सुरू हुनुअघि प्रदेश नं ३ को १३ वटै जिल्लाबाट प्रतिनिधित्वसहित र्यालीमार्फत वानेश्वरमा सभामा परिणत भएको थियो । प्रदेश नं ३ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम आइतबारसम्म हुनेछ ।
पार्टी सहप्रवक्ता जनकराज पाठकका अनुसार सो कार्यक्रममा प्रदेश ३ का ४४ केन्द्रीय सदस्य, १३ जिल्लाबाट ५४ जना, भातृ संगठनबाट १७ जना गरि जम्मा ११५ जनाको सहभागिता रहेको छ ।
प्रतिकृया दिनुहोस