मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन् श्रृंखला खतिवडा (भिडियोसहित)

Srinkhala khatioda 22

काठमाडौं । नेपालकी श्रृंखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् ।

‘मिस वर्ल्ड’ २०१८ को अन्तिम १२ मा पुगेकी छन् । शनिबार साँझ भएको फाइनलको पहिलो चरण पार गर्दै शृङ्खला अन्तिम १२ मा पुगेकी थिइन् ।

२०१८ को ‘मिस वर्ल्ड’ बन्ने चाहना पूरा नभए पनि नेपालको भने इतिहास नै रचेकी छन् । २०१८ चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी छन् । मिस वर्ल्डको टप ३० मा पर्न महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी हुन् । आइतबार घोषणा भएको ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन् ।

सामाजिक सञ्जालमा उपस्थिति, फलोअरको इंगजमेन्ट, क्रिएटिभ कन्टेन्ट र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा शृंखलाले बाँकी प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन् । शृंखलाले फेसबुक, इन्स्टाग्राम, मोबस्टार, ट्वीटर, मोडल पावरलाइभ आदि सबै माध्यममा दमदार उपस्थिति जनाएकी थिइन् ।

मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको हो । विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए । आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए ।
शृंखलाले मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौकीको आवश्यकता र स्वास्थ्य चौकीले त्यो समुदायमा आएको परिवर्तनलाई भिडियोमा कैद गरेकी थिइन् । सिसन बानियाँले शृंखलालाई भिडियो निर्माणमा सघाएका थिए ।

सोमबार साँझ नै मल्टिमिडिया अवार्डको पनि घोषणा भएको थियो । नेपालकी शृंखलालाई यो विधामा भने सुरुदेखि नै दाबेदार मानिँदै आएको थियो ।

 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...