किन गरे ४ नेताले सचिवालयको बैठक बहिस्कार ?

Cpn 4 leader

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताले सचिवालय बैठक बहिष्कार गरेपछि सचिवालयको बैठक अनिश्चित बनेको छ ।

शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको झोकमा ४ जना शीर्ष नेताहरुले बैठक बहिस्कार गरेका हुन् ।

तोकिएको समय सकिएको १५ मिनेटसम्म पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलसमेत बैठक कक्षमा नदेखिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बामदेव गौतम बालुवाटारबाट बाहिरिए थिए ।

नेकपा सचिवालयका नौ सदस्यमध्ये चार जनाले बहिष्कार गरेपछि बैठक स्थगित भएको छ । पार्टी एकिकरणका बाँकी कामको टुंगो लगाउने लगायतका विषयमा छलफल गर्न सचिवालयको बैठक बोलाइएको थियो । शनिबार स्थगित भएको सचिवालयको बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री उपस्थित नहुँदा भएपछि बैठक बहिष्कार गरेको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताए । ‘हामीले पहिल्यै नै हरेक बैठक समयमै गर्ने नियम बनाएका थियौं, यसपटक बैठकका लागि तोकिएको समयभन्दा १५ मिनेट पर्खदा पनि बैठक सुरु भएन’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसपछि हामी हिँडेका हौं ।’

उनले आफुहरू कसैका विरुद्धमा एकजुट भएर नहिडेको समेत प्रष्ट पारे । बालुवाटार स्रोतले प्रधानमन्त्री ओली त्यही समयमा विशेष भेटघाटमा व्यस्त थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...