देशभरी नै चिसो बढ्दै, जुम्लाको तापक्रम माइनस ४ पुग्यो

Chiso ktm

काठमाडौं । देशभरी नै चिसो बढ्दै गएको छ । सामान्यतया पुस महिनालाई जल तथा मौसम पूर्वानुमान महाशाखाले चिसो हुने महिना भन्ने गरेको छ ।

जसअनुसार चिसो हुने दिन आउँनै बाँकी रहेको मौसमविद्ले बताएका छन् । आज बिहान जुम्लाको तापक्रम माइनस ४ डिग्री पुगेको महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौंको तापक्रम आज यो वर्षकै कम ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान विराटनगरको न्यूनतम तापक्रम सबैभन्दा धेरै १० दशमलब ५ डिग्री मापन गरिएको छ । अब तापक्रम घट्ने क्रम निरन्तर रहने मौसमविद् शान्ति कँडेलले बताए ।

उनका अनुसार काठमाडौंको तापक्रम ४० वर्षअघि सन् १९७८ को जनवरी ११ मा अहिलेसम्मकै कम माइनस ३ दशमलब ५ डिग्रीसम्म पुगेको थियो । गएको वर्ष पुस २३ गते काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...