औद्योगिक क्षेत्रमा १० लाखलाई रोजगारी
काठमाडौं । प्रदेशगत औद्योगिक क्षेत्र खोल्ने कार्य सरकारले अगाडि बढाएको छ ।
सरकारले हरेक जिल्लाका सदरमुकाममा एउटा औद्योगिक क्षेत्र बनाउनुका साथै प्रदेशगत रूपमा १ हजार विघा भन्दा बढी क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने उल्लेख गरेको थियो ।
१० वर्षमा १० लाखलाई रोजगारी दिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (आइडिएम) का अध्यक्ष तथा महाप्रबन्ध निर्देशक नन्दकिशोर बस्नेतले जानकारी दिए ।
‘१० वर्षमा १० लाखलाई रोजगारी दिने प्रमुख माध्यम भनेको औद्योगिक क्षेत्र हो’ लिमिटेडका महाप्रबन्धक निर्देशक बस्नेतले ‘त्यसैलाई मध्येनजर गरेर सात औद्योगिक क्षेत्रको एकै साथ तीव्ररूपमा काम भइरहेको बताए ।
हेटौंडाको मयुरधाप, बाँकेको नौबास्ता र बुटवलको मोतीपूर गरी तीन वटा औद्योगिक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) को काम सम्पन्न भइ वन मन्त्रालयको वातावरण शाखाबाट वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम भइरहेको छ ।
वातावरण शाखाबाट इआइएको प्रतिवेदन पास भएपछि औद्योगिक क्षेत्र वरिपरि काँडेतार लगाउने, जग्गा सम्याउने, विजुली राख्ने लगायतको प्रारम्भिक कार्य अगाडि बढ्ने महाप्रबन्ध निर्देशक बस्नेतले बताए ।
औद्योगिक क्षेत्र २०७७ सम्ममा सञ्चालनमा ल्याउने व्यवस्थापनको लक्ष्य रहेको छ । मङ्सिर २२ गते बाट कञ्चनपुरको दैजी, कैलालीको लम्की, चितवनको शक्तिखोर र सर्लाहीको मुर्तिया गरी ४ ठाउँमा डिपिआर सुरू गरी मसान्त सम्ममा सम्पन्न हुने गरी काम भइरहको महाप्रबन्धक बस्नेतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस