ललितपुर ट्राफिकको व्यवस्थापन गदै

Traaaafick

ललितपुर । सम्पदा क्षेत्रमा ललितपुर महानगरपालिकाले ट्राफिकको व्यवस्थापन गर्ने भएको छ । 

यस स्थानमा सवारी साधनको चाप धेरै भएकोले विश्व सम्पदा सूचीमा सुचीकृत हुँदा पर्यटकलाई समेत बाधा पुगेकाले व्यवस्थापनका लागि अध्ययन थालिएको महानगरपालिकाले जनाएको छ ।

मङ्गलबजार र त्यस आसपासमा सवारी साधनको आवागमन कम गर्नका लागि अध्ययन भइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

दरबार क्षेत्र र आसपासमा पार्किङले यस क्षेत्रका सडक अस्तव्यस्त बनेकाले पार्किङ नदिने र सडक एकातर्फी मात्रै सवार िसाधन चल्न दिने महानगरपालिकाको योजना छ ।
सडक व्यवस्थापनको काममा नगर प्रहरी परिचालन गर्न महानगरले ५० नगर प्रहरीसमेत थप गर्दैछ महर्जनले बताए ।

पर्यटकको आगमन बढी हुने मङ्गलबजार, गावहाल, महापाल, सौगल, सुन्धारालगायत स्थानमा सवारी चाप बढी छ । ललितपुरको व्यापारिक केन्द्र भएकाले जनप्रतिनिधि नहुँदा स्थानीय निकायले पटकपटक प्रयास गर्दासमेत एकातर्फी सवारी साधन सञ्चालन कार्यन्वयन भने हुनसकेको थिएन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...