प्रदेश समृद्ध बनाउन कृषि र पर्यटनलाई प्राथमिकता : मन्त्री चौधरी

Mantri chaudhari

प्युठान । प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्रालय मन्त्री बैजनाथ चौधरीले प्रदेश समृद्ध बनाउन कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

बुधबार प्युठानको जुम्रीमा आयोजित आवधिक योजना तर्जुमासम्बन्धी जिल्लास्तरीय सुझाव संकलन गोष्ठीमा मन्त्री चौधरीले प्रदेशका १२ वटै जिल्लामा कृषि र पर्यटकिय क्षेत्रमा विकासका लागि कार्यक्रम तर्जुमा गरि अघि बढ्ने बताएका हुन् ।

मन्त्री प्रचौधरीले देश सरकार अहिले विभिन्न नीतिगत र कानुन निमार्णको प्रक्रियामै रहेको जानकारी गराए । कृषिको आधुनिकिकरण गर्न, कृषि क्षेत्रबाट रोजगारीको सिर्जना गर्न प्रदेश सरकारले अनुदानका कार्यक्रम अगाडी बढाए ।

‘प्रदेशका १० वटा सहकारी मार्फत कोल्डस्टोर ५ वर्ष भित्रमा बनाउने योजनामा छौं, उनले भने, ‘लुम्बिनी आएका पर्यटकहरुलाई पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्धारी, बाग्लुङको ढोरपाटन लगायतका क्षेत्रमा घुमाउने वातावरणको सिर्जना गर्दैछौं ।’

प्रदेश योजना आयोगका सदस्य पुष्प भुसाल लुइँटेलको अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णध्वज खड्का र हरि रिजाल लगायतका व्यक्तिको सहभागी रहेको थियो । भुसालले प्रदेश नम्बर ५ को आवधिक योजनाको क्षेत्रगत उदेश्य, रणनीति तथा कार्यनीतिहरू बारे संक्षेप्त बस्तुस्थितीबारे प्रस्तुति प्रस्तुत गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...