गोरु तस्करीमा महिला र बालबालिकाको प्रयोग

Garu taskar ma balbalika

दाङ । पछिल्लो सयम दाङको देउखुरीमा अबैध गोरुको तस्करमा बालबालिकाको प्रयोग हुने गरेको खुलेको छ । त्यति मात्रै होइन, गोरु तस्करमा राजनीतिक नेताहरुको पनि संलग्न रहेको पाइएको छ । 

बालबालिकालाई गोरु खरिदको लागि केहि रकम दिएर पठाउने गरिएको छ । उनीहरुले प्रति गोरुबाट पाँच सय एक हजार रुपैयाँसम्म नाफा दिएर गोरु तस्करमिा बालबालिका प्रयोग गर्ने गरेको पाइएको छ । घरको आर्थिक अवस्था कमजोर भएकोले आर्थिक प्रलोभनको लागि आफूहरुले गोरु जम्मा गर्ने काम गर्दै आइरहेका छन् ।

‘गोरु कहाँ जान्छ, कस्ले लग्छ हामीहरुलाई थाहा हुन्न’ एक बालक भनछन्, ‘एउटा गोरुबाट पाँच सयदेखि एक हजारसम्म पैसा दिन्छन् ।’ नसिवुन निसा जागा मसुलमानले आफ्ना छोराहरुलाई गोरु खरिदको लागि पठाउने गरेको स्वीकार्छिन् । उनले भनिन्, ‘श्रीमान हुनुहुन्न, बालबच्चा पाल्न गोरु खरिद विक्री गर्ने काम गर्दै आएका छौँ ।’

पश्चिमबाट र दाङबाट गोरु संकलन केन्द्रको रुपमा लमही नगरपालिका असानीलाई बनाएर रातमा गोरु पठाउने गरेको छ । दिउँसोको समयमा गोरु जम्मा गर्ने र रातीको समयमा पुर्वी झापा हुँदै सिक्किम, दार्जिलिङसम्म गोरु पुग्ने गरेको पाइएको छ ।

पछिल्लो समय कृषीमा आधुनिकीरकण हुन थालेपछि गोरु सस्तो मुल्यमा पाउन थालेपछि गोरु तस्करले गोरु खरिद बिक्रीलाई राम्रा आम्दानीको स्रोत बनाएका छन् ।

हाल गोरु तस्करहरुले गोरु संकलन केन्द्र पनि परिवर्तन गरेका छन् । मुख्य तस्करको निर्देशनमा देउखुरीको असानीमा जम्मा गरेका गोरुलाई त्यहाँ सारेर अजम्बरीको झाडीमा लुकाएर राख्ने गरेका छन् ।

यसभन्दा पहिले गोरुको संख्या एक सयको हाराहारीमा भए पनि अहिले २५ देखि ३० वटा गोरु सो स्थानमा देखिन्छ ।

राप्ती गाउँपालिको भगवनापुरमा पनि गोठै बनाएर गोरु संकलन केन्द्र बनाइएको स्थानीय बताउँछन् । रातको समयमा ट्रकमा लोड गरेर पठाएका कारण गोरुको संख्या घटेको स्थानीयहरु बताउँछन् ।

यता, हिन्दु जागरण नेपाल लमही नगर समितिका अध्यक्ष नेत्रराज सिंह ठकुरीले विज्ञप्ती जारी गरी गोरु तस्करी रोक्न नसकेकोमा प्रशाषनको आलोचना गरेका छन् । उनले मुख्य तस्करहरु मुक्त बनाउने गरी मुख्य मुद्धा ओझेल पार्ने खेल बन्द गर्न आग्रह पनि गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...