एराप्रपा राष्ट्रवादीले प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण गर्ने
काठमाडौं । तीन वटा राप्रपा एकताको अन्तिम प्रक्रियामा रहेको बताइरहेका बेला एराप्रपा (राष्ट्रवादी) ले प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
एराप्रपा (राष्ट्रवादी) ले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा ४४ केन्द्रिय सदस्य, १३ जिल्लाबाट ५४ जना, भातृ संगठनबाट १७ जना गरी १ सय १५ जनालाई सहभागी बनाउने बताएको छ ।
शनिबार गर्ने भनिएको सो प्रशिक्षण कार्यक्रमको पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उद्घाटन गर्ने महामन्त्री एवं प्रदेश नं ३ का प्रमुख श्याम तिमिल्सिनाले बताए ।
प्रतिकृया दिनुहोस