प्रकाण्डलाई ५० केजीको माला ! किन लगाइन्छ नेतालाई यति ठूलो माला ?
काठमाडौं । केही ठूला नेताहरुलाई जिल्लाबासीले आफ्नो माग पूरा गरुन भनेर ५० केजीको माला लगाई दिने गरेका थिए । जो सधैं सत्तामा हुन्छन् । उनीहरुले जनताको समस्या समाान गर्छन् ।
तर पछिल्लो समय विद्रोहकोबाटो रोजेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई कालिकोटमा ५० किलोको फूलको मालाले अभिनन्दन गरिएको छ ।
कालिकोटमा भएको सभामा भाग लिन हजिल्ला पुगेका प्रवक्ता प्रकाण्डलाई सहिद परिवारले ५० दिन हिरासत बसेको सम्झनामा ५० किलोको माला लगाएर अभिन्दन गरे ।
पछिल्ला दिनमा जिल्लाबासीले पार्टीका शीर्ष तहमा नेतालाई ५० केजीको माला लगाई दिने परम्परा नै बसेको छ । जस्तो की हालसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले ५० केजीको माला लगाइसकेका छन् ।
त्यसरी ५० केजीको माला लगाएपछि मञ्चमा बसेको बेला नेताहरुले आफुले मुलुकको हितका लागि काम गर्ने प्रतिवद्धता जनाउने गरेका छन् । सोही प्रतिवद्धता प्रकाण्डले पनि जनाएका छन् । अझ उनी सहभागी भएको सो सभामा नक्कली कम्युनिस्टको शासन अन्तिम घडीमा पुगेको नेताहरुले बताए ।
भक्कानिइन् जैपुरा
प्रकाण्डकी बहिनी हुन् जैपुरा विक । कार्यक्रममा सहिद परिवारले अबिर लगाउँदै गर्दा प्रकाण्डकी बहिनी जैपुरा भक्कानिएकी थिइन् । धेरै समयपछि दाजुलाई भेटाउँदा छातिमा टाउको राखेर उनी मञ्चमै भक्कानिएकी थिइन् ।
सो कार्यक्रममा जिल्लाभरीबाट सयौं मानिस सहभागी थिए । सो कार्यक्रममा जैपुरा रुन थालेपछि प्रकाण्ड लगायत मञ्चमा बसेका अन्य नेता तथा कार्यकर्ता भावुक बनेका थिए ।
प्रतिकृया दिनुहोस