त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइयो

Tribhuwan university

काठमाडौं । बीसीए लगायत केही विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।

कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् ।

ब्याचलर अफ् कम्प्युटर अप्लिकेशन ९बीसीए० लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपु¥याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको सङ्घका त्रिवि एकाईका जगदीश भट्टले जानकारी दिए ।

उनीहरुले यही मङ्सिर १६ गते ताला लगाएका हुन् । त्रिविले हालै ११६ क्याम्पसमा बीसीएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका हुन् । उनले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने जानकारी दिए ।

तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. ऋदीशकुमार पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...