बिजुली चोरी गरी प्रयोग गर्ने २५ जनालाई कारबाही

Huking

तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुली चोरी गर्ने २५ जनालाई कारबाही गरेको छ ।

अनाधिकृत रूपमा बिजुली चोरी गरी प्रयोग गर्ने बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका २५ जनालाई कारबाही गरेको हो ।

अनुगमनको क्रममा घरायसी प्रयोजन र साना उद्योगका ग्राहकले बिजुली चोरी गरी प्रयोग गरेको भेटिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनीहरूलाई विद्युत चोरी नियन्त्रण ऐन २०५८ बमोजिम कार्वाही प्रक्रिया अघि बढाएको हो ।

कारबाहीको क्रममा उनीहरूबाट ७९ हजार ४ सय २१ रूपैया असुली भएको कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेहरूमा १८ जनाले एमसीबी वाइपास गरी प्रयोग गरेको, १ जनाले डाइरेक्ट हुकिङ गरेको र ५ जनाले मिटर वाइपास गरेको गोशलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...