सल्यानमा भेटियो प्रेसर कुकर बम, सेनाद्वारा निष्कृय

Boom

सल्यान । सदरमुकाम खलंगामा रहेका ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको जग्गामा प्रेसर कुकर बम भेटिएको छ ।

मंगलबार बेलुकी बम भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भेटिएको बमलाई नेपाली सेनाले निस्कृय पारेको छ ।

ब्रम्हाकुमारी राज योग सेवा केन्द्रको जग्गामा खनेर समथर बनाउने क्रममा शारदा नगरपालिका ३ मा रहेको जिल्ला हुलाक कार्यालय नजिकै बम भेटिएको हो ।

बमलाई भगवती प्रसाद गुल्मको डिस्पोजल टोलीले निष्कृय पारेको थियो । बमलाई निस्कृय बनाउँदा कुनै क्षती नभएको नेपाली सेनाले जनाएको छ । भेटिएको प्रेसर कुकर बम पुरानो भएकाले द्वन्द्वकालीन समयमा नै राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...