राप्रपा नेतृ सरलाको अनुभवमा राजनीति कहाँ सजिलो छ र ?

Sarala bk

काठमाडौं । भनिन्छ, प्रगतिका लागि पारिवारिक साथ चाहिन्छ । यो सत्य पनि हो । फेरि भविश्यमा के बन्ने भन्ने कुरा पारिवारिक वातावरणले पनि निक्कै प्रभाव पार्छ । सरला विकलाई पनि पारिवारिक वातावरणले अघि बढ्न निक्कै प्रेरित गरेको छ ।

काठमाडौंमै जन्मिएकी सरलाकी आमा गंगा विक राजनीतिमा निक्कै सक्रिय रहँदै आएकी छन् । उनकै पदचाप पछ्याउँदै सरला पनि राजनीतिक यात्रा गरिरहेकी छन् ।

सरलाले पनि आमाकै प्रेरणाबाट बाल्यकालदेखि नै राजनीतिक यात्रा अघि बढाएकी छन् । काठमाडौंको व्यस्त बजार सोह्रखुट्टेमा उनी जन्मिइन् । ठमेलको सिद्धी गणेश माविबाट कखरा सिकिन् अनि रानीबारी बसाई सराईपछि त्यही राजनीतिको ज्ञान हासिल गरिन् ।

राजनीति त्यति सजिलो विषय होइन । तर, पनि पारिवारिक वातावरणका कारण उनी सजिलै राजनीतिक यात्रामा होमिइन् । उनकी आमा गंगा विक पहिलेदेखि नै राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय थिइन् । उनी आवद्ध पार्टी राप्रपा विभिन्न कालखण्डमा विभाजन हुँदै आएको छ । सरला की आमा राप्रपा फुटेर राप्रपा नेपाल बन्दा त्यतै गइन् र सरला पनि । सरला अहिले राप्रपाको प्रदेश नं. ३ को सदस्य बनेकी छन् । उनी राप्रपा नेपालमा हुँदा काठमाडौं महानगरपालिकाको कोषाध्यक्ष थिइन् ।

उनलाई सबैले राजनीतिमा सक्रिय बनेकी छन् भन्दा पत्याउँदैनन् । किनकी उनी केन्द्रिय राजनीतिभन्दा अलिक पर नै छन् । राजनीतिक हिसावमा उनी राप्रपा महिला संगठनको केन्द्रिय सचिव पनि हुन् । तर, उनी समाज सेवामा बढी क्रियाशील बनेका कारण उनलाई धेरैले सामाजिक अभियान्ता भन्ने गर्छन् ।

दलितकै छोरी, पीडा उस्तै
नेपालमा कागजी रुपमा छुवाछूत छैन । तर, व्यवहारमा भने उस्तै छ । शहर होस् वा गाउँ । जताततै छुवाछूतका घटनाहरु भइरहेका छन् । कतै सिधा रुपमा छुवाछूत हुन्छ त कतै घुमाउँरो पाराले । जे भए पनि पीडा त उस्तै नै हो ।

उनी काठमाडौंकी स्थायी बासिन्दा हुन् । तर पनि उनले कयौंपटक छुवाछूत भोगेकी छन् । सबैको रोजाईमा पर्छ काठमाडौं । काठमाडौंमा डेरा पाउन समस्या छ । त्यसमा पनि दलित भनेपछि अहिले पनि भनेको बेला कोठा पाउन हम्मेहम्मे नै छ । आफुँ त्यसैको लागि लडाइँ लडिरहेको उनी बताउँछिन् ।

कहिले काँही नसोच्दा नसोच्दै पनि भेदभाव भोग्नुपर्छ । अरुले जातीय विभेद गर्दिन भने पनि यहाँका मानिसले विभेद गरेकै हुन्छन् । दलित भएकै कारण दलितले नजाँनिदो पाराले छुवाछूत भोग्नुपर्छ । राजनीतिमा लागे पनि जात थाहा पाए पनि उनले आफ्नै टोलमा छुवाछूत भोग्नुपरेको छ ।

अहिले दलित शब्द हटाउने अभियान पनि चलेको छ । तर, त्यो अभियानप्रति उनी सकारात्मक छैनन् । किनकी दलित शब्द हटाउँदैमा मनमा रहेको दलित हट्दो रहेनछ भन्ने उनले भोगेकी छन् ।

उनी आफैँ पनि नेता हुन् । उनी नेता भएकै कारण पनि उनले अहिलेसम्म नेताको घरमा मात्रै छुवाछूत भोग्नुपरेको छैन । अन्य ठाउँमा गनी साध्यै छैन ।

आरक्षणप्रति उनको बुझाई
राज्यका सबै निकायमा दलितको उपस्थिती न्यून छ । अहिले आरक्षणका कारण छिटफुट रुपमा उपस्थिती हुन थालेको छ । त्यो पनि दलितलाई आरक्षण दिएकै कारण मात्र हो ।

यदी आरक्षणको व्यवस्था नहुँदो हो त राज्य व्यवस्थामा दलितको उपस्थिती शुन्य नै हुने थियो । कानुनी व्यवस्थाकै कारण पनि राजनीतिक दलहरुले केन्द्रिय तहमा दलितलाई स्थान दिन थालेका छन् । उनको पार्टीले पनि आरक्षणकै कारण दलितलाई केन्द्रिय समितिमा राखेको छ । तर, पदाधिकारी भने अहिलेसम्म छैनन् । यो समस्या उनको पार्टीमा मात्रै होइन, अन्य पार्टीमा पनि उस्तै छ ।

धर्मबारे उनको बुझाई 
उनी आवद्ध पार्टी राप्रपाले हिन्दु धर्मको अभियान सञ्चालन गरिरहेको छ । उनी पनि यसको अभियान्ता हुन् । उनको बुझाईमा पार्टीले सनातनी कुरा उठाउँछ । अहिले धर्मका कारण छुवाछूतको कुरा उठ्छ ।

हिन्दु धर्मकै कारण दलितले पीडा भोग्नुपरेको छ । जातीय छुवाछूत प्रथा हिन्दु धर्ममा बढी छ । तर, उनले चाँही पार्टीले हिन्दु धर्मको कुरा उठाउँदै आएको भए पनि पार्टीका नेता कार्यकर्ताबाट भने छुवाछूत भोगेकै छैनन् ।

‘अहिलेसम्म पार्टीका साथीहरुबाट छुवाछूत भोग्नुपरेको छैन’ उनले भनिन्, ‘जसले जे भने पनि समाजमा रहेको छुवाछूतले मन दुख्छ । त्यसलाई हटाउन लडाइँ जारी राख्नुपर्छ ।’

समाज सेवामै ध्यान
राजनीतिमा लाग्नुको उदेश्य भनेको समाजलाई सही बाटोमा डोहो¥याउने हो । उनी त्यही बाटोमा लागेकी छन् । उनी आफैं सिलाई कटाई प्रशिक्षक पनि हुन् । उनले रानीवारीमा शिशु सिलाई प्रशिक्षण केन्द्र खोलेकी छन् ।

उनी रानीवारी उत्पीडित दलित महिला जागरण समुह उपाध्यक्ष हुन् । यसमार्फत सिलाई कटाई तालिम गराएको, उद्घोषण तालिम, जुत्ता सिलाउने, दिदीबहिनीहरुलाई प्रौढ शिक्षा तालिम सञ्चालन हुँदै आएको छ । उनी रानीबारीमा कुनै पनि तालिम परे आफ्ना समुदायका दिदीबहिनीहरुलाई सहभागी बनाउने गर्छिन् ।

उनी संस्कार समाजको सदस्य पनि हुन् । यसमार्फत असल संस्कार सिकौं र सिकाऔं भन्ने नाराका साथ प्रत्येक शनिबार सरसफाई गर्ने काममा सक्रिय रहँदै आएकी छन् ।

त्यति मात्रै होइन, उनी त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र सामाखुसी इकाईको अध्यक्ष पनि हुन् । यसले वृद्धा आश्रम बनाउन लागेको छ । ‘नेपाल भुमीमा वृद्रावन, वृन्दावनमा जेष्ठ नागरिकको आश्रम’ यसको मूल धेय हो । यसले नेपालको धर्म संस्कारलाई जोगाउने उदेश्य हो । उनी यसैको अभियानमा लागेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...