कहाँ हराए पत्रकार खड्का ? फेरि खोजी गर्न प्रेस युनियनको आग्रह, के पत्ता लाग्ला त ?

Teju khoji pic cykoefhkyy

डोटी । वेपत्ता भएका पत्रकार तेजबहादुर खड्का (तेजु) डेढ महिना वितिसक्दापनि अवस्था अज्ञात रहेको भन्दै नेपाल प्रेस युनियन डोटी शाखा सम्बद्ध पत्रकारहरुले खोजी कार्य फेरि गर्न आग्रह गरेका छन् ।

दिपायल पिपल्ला बजारमा सोमबार बिहान प्रेस युनियनसँग आवद्ध पत्रकारहरुले पत्रकार तेजु खड्का खोइ भन्दै दबाब मुलक र्‍यालीसमेत निकालेका छन् । नेपाल प्रेस युनियन डोटीका संस्थापन अध्यक्षसमेत रहेका तेजु खड्का गएको भदौ ९ गते बबाजुराको बडीमालिका दर्शन गर्न गएका बेला एका एक बेपत्ता भएको थियो ।

नेपाल प्रेस युनियन डोटी शाखाको चौथो अधिवेशनको अवसरमा डोटीका प्रेस युनियनसँग आवद्ध पत्रकारहरुले तेजु खड्काको खोजीका लागि लागि पर्न सबैमा आग्रह गरेका हुन् ।

त्यस्तै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य मिन बम, नेपाल पत्रकार महासंघ बाजुरा डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरलगायत प्रेस युनियनमा आवद्ध पत्रकारहरुले सोमबार बिहान सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतसँग भेट गरी अहिलेसम्म भएका प्रयास र आउँदा दिनमा खोजीगर्न सकिने अवस्थाका बारेमा छलफल भएको पत्रकार मोहन शाहीले बताए ।

प्रेस युनियन डोटी साखाका संस्थापक अध्यक्ष हुँदै रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायल केन्द्रीय प्रसारणमासमेत काम गरेका पत्रकार खड्का केही वर्ष यता बाजुराको रेडियो बुढीनन्दामा कार्यरत थियो । पत्रकार खड्का हराएको केही दिनदेखि नै स्थानीय स्तरमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीयले खोजी गरेपनि फेला परेका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...