साँस्कृतिक पर्वले नेपालीहरुलाई एकतावद्ध गराउने काम गर्छ : ओली

Pram oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न साँस्कृतिकपर्वहरुले नेपालीहरुलाई एकतावद्ध गराउने काम गरेको बताएका छन् ।

गौरापर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसीद्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गरे ।

विशेषगरी कर्णाली र ७ नं प्रदेशमा मनाइने यस पर्वले नेपालको साँस्कृतिक एकतालाई थप बलियो बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन् ‘नेपालका विभिन्न भाषा, संस्कृति, भेषभुषा, रीतिरिवाज, र संस्कारले विविधताबीच नै एकता, आपसीसम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...