राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश मन्त्रिपरिषदबाट पास, के होला त अब ?
काठमाडौं । सरकारले उपत्यकामा मेडिकल कलेज खोल्न दिने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश –२०७४ लाई प्रतिस्थापन गर्ने नयाँ विधेयक तयार पारेको छ ।
निर्वाचनअघि नै चिकित्सा शिक्षा विधेयक तयार भएको थियो । तर, दलहरुबीच सहमति नजुट्दा त्यसबेला अध्यादेशमार्फत काम चलाइएको थियो ।
अध्यादेशमा उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिइने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्रै सम्बन्धन दिन पाउने, नर्सिङ कलेजको लाइसेन्स चिकित्सा शिक्षा आयोगले दिने, मेडिकल कलेजको आफ्नै अस्पताल ३ वर्ष सञ्चालन भएको हुनुपर्ने अध्यादेशका मुख्य बुँदा थिए ।
तर, नयाँ प्रतिस्थापन विधेयकमा मुख्य बुँदा नै खारेज भएको छ । प्रतिस्थापन विधेयकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने दफा नै हटाइएको छ । मेडिकल कलेजको आफ्नै अस्पताल ३ वर्ष सञ्चालन भएको हुनुपर्ने दफा पनि हटेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिस्थापन विधेयकलाई अन्तिम रुप दिएको हो । क्याबिनेटले पास गरेको विधेयक संसदमा दर्ता हुन बाँकी छ ।
एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने र मेडिकल कलेजको आफ्नै अस्पताल ३ वर्ष सञ्चालन भएको हुनुपर्ने भन्ने दफासमेत हटाइएको छ ।
यो विधेयक पास भएमा मनमोहन र बीएण्डसीलाई मेडिकल कलेजलाई बाटो खुल्नेछ । यो विधेयक संसदले पारित गरे नेशनल मेडिकल कलेजले पनि सम्बन्धन पाउने बाटो खुल्नेछ ।
प्रतिकृया दिनुहोस