डा. उपेन्द्र देवकोटाको अवस्था गम्भिर
काठमाडौ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको अवस्था गम्भिर बनेको छ । देवकोटालाई बाँसवारीस्थित न्युरो अस्पतालको आईसियुमा राखिएको छ ।
विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा.देवकोटा वेलायतस्थित किंग्स कलेजमा ५ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए ।
उनको स्वास्थ्य उपचार न्युरो अस्पताल मै जारी छ । देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको शुरूवात गरेका थिए ।
यसैबीच सामाजिक सञ्जालमा डा. देवकोटा नरहेको हल्ला फिंजिएको छ । कैयौं मानिसहरुले उनीप्रति श्रद्धान्जली दिन समेत भ्याएका छन् ।
प्रतिकृया दिनुहोस