रामधुनीमा पशु बधशाला सञ्चालनमा
धरान । सुनसरीको रामधुनी नगरपालिकाले नगर क्षेत्रमा पशु बधशाला सञ्चालनमा ल्याएको छ ।
नगरभित्रका उपभोक्तालाई स्वस्थ मासु आपूर्ति गर्ने उद्देश्यले निर्माण गरेको पशु बधशाला बिहिबारदेखि विधिवत् रुपमा सञ्चालनमा ल्याएको हो ।
पशुपक्षी बजार निर्देशनालय काठमाडौं वल्डभिजन र रामधुनी नगरपालिकाको साझेदारीमा ८० लाखको लागतमा रामधुनी नगरपालिका– १ मा पशु बधशाला निर्माण सम्पन्न भएको थियो ।
सो बधशालामा पशुको बध गर्नुअघि बेहोस बनाउने, ब्वाइल गर्ने मेशिन र मासु भण्डारण गर्ने उपकरण लगायतको मासु स्वस्थ राख्न प्रयोग गरिने सबै प्रकारका उपकरण जडान गरिएको छ ।
प्रतिकृया दिनुहोस