सुन तस्करीबारे ‘गोरे’ को यस्तो खुलासा

Gore don

काठमाडौ‌ । सुन तस्करी गरेको आरोपमा पक्राउ परेका मुख्य आरोपी चुडामणी उप्रेती ‘गोरे’ ले छानविन समितिलाई प्रश्न गरे, ‘मुख्य सुन कारोबारीको म नाम दिन्छु, पक्राउ गर्ने हिम्मत छ ?’

गोरेले प्रहरीमाथि प्रश्न तेस्र्याएका व्यक्ति हुन् कुख्यात अन्डरवल्र्ड दाउद इब्राहिम । इब्राहिम भारतीय अन्डरवल्र्ड कुख्यात अपराधी हुन्, जसलाई भारतले मोस्ट वान्डेट सूची र इन्टरपोलमार्फत खोजी गरिरहेको छ । इब्राहिमले हुन्डी व्यवसायसमेत सञ्चालन गर्दै आएको बताइएको छ ।

सुन तस्करीमा हुन्डी कारोबारीहरूको सक्रिय सहभागिता रहेको पाइएको छ । यस्तो कारोबारमा नेपाल, दुबई र भारतका ठूला व्यापारी, गुन्डा नाइके एवं पेसेबर डाँकाको समेत मुख्य भूमिका रहने गरेको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानबिन समितिले खुलासा गरेको छ ।

सुन तस्करीका विभिन्न जालोमध्ये हुन्डी कारोबार गर्ने व्यापारीको जालो डरलाग्दो रहेको अनुसन्धानमा खुलेको समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले बताएकाछन् । ‘सुन तस्करीका क्रममा हुन्डीबाट ठूलो रकम जम्मा गरी तस्करबीच हिसाब मिलान गर्ने गरेको समेत पाइयो’, उनले भने ।

सुन तस्करीसँगै हुन्डी कारोबारमा मोहनकुमार अग्रवाल, भुजुङ गुरुङ, डेबिट भनिने छिरिङ दोर्जे शेर्पा र सुन काण्डका मुख्य अभियुक्त भनिएका गोरे भनिने चुडामणि उप्रेतीबीच लामो समयदेखि साँठगाँठ रहँदै आएको छ । सुन तस्करीमा मुछिएका यी व्यक्तिको साँठगाँठ कुनै न कुनै रूपमा उच्च तहका राजनीतिक नेतृत्वसँग समेत जोडिएको हुन सक्ने पौडेलको दाबी छ।

‘गोरेले बयानमा केही नेता, भारतीय हुन्डी एवं सुन व्यापारी र कुख्यात अपराधीको समेत नाम खुलाएका छन्’, उनले भने, ‘उनको बयानका आधारमा हामीले पुष्टि हुने लिंक खोजिरहेका छौं ।’

नेपालमा दैनिक अर्ब रुपैयाँभन्दा बढी रकम हुन्डीमार्फत कारोबार हुने गरेको प्रहरी बताउँछ ।

सुन र हुन्डी कनेक्सनबारे गोरेकै बयानका आधारमा अनुसन्धान भइरहेको समितिका संयोजक पौडेलले बताए।

गोरेको कनेक्सन भारतीय दुई व्यापारी र ती व्यापारीको कनेक्सन प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनसँग रहेको समेत अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकारी बताउँछन्। पुन पनि मारिनुअघि अन्डरवल्र्डकै संरक्षणमा रहेको प्रहरी अधिकारीले यसअघि नै खुलाएका थिए।

विमानस्थलमा सुन तस्करीको बाटो खुला गर्ने सम्पूर्ण जिम्मा भुजुङ गुरुङ, व्यापारी मोहन अग्रवाल र भुजुङको सालो नाता पर्ने डेबिट भन्ने छिरिङ दोर्जेले गर्दै आएको गोरेले बयान दिएका छन् । भुजुङले हुन्डीमार्फत दुबईबाट सुन मगाउने, गोरेले दुबईमा रहेका व्यापारीलाई पैसा तिरिदिने र सुन व्यवस्थापनको काम दोर्जेले गर्दै आएको गोरेले खुलासा गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...