सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्रीको आग्रह

Kp oli 1

काठमाडौँ । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सगरमाथालगायत नेपालका उच्च हिमशृङ्खलामा जलवायु परिवर्तनको असर देखा पर्न थालेकामा चिन्ता व्यक्त गर्दै भने, ‘संसारका ठूला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालका हिमालमा देखिनु दुःखद कुरा रहेको बताएका छन् ।

सगरमाथा सफा हुन महासागरको सफाइमासमेत ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा खाद्य पदार्थका खोल, प्लाष्टिकजन्य पदार्थ फालेर सगरमाथाको प्राकृतिक स्वरुपलाई कुरुप बनाउन नहुनेमा जोड दिए । उनले पासाङ ल्हामु शेर्पा नेपाली महिलाका प्रेरणाकी स्रोत र साहसी भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा असंख्य हिमाल रहेको बताउँदै तिनको संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा हिमाललाई संरक्षण गर्नुपर्छ । नेपालको पर्यटनमा यिनै हिमाली दृष्यको योगदान अथाह छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...