राराबाट बिगुल बजाइनेछ : प्रधानमन्त्री ओली

Kp oli pm jf4dnpu99p

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उनि रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने बताइएको छ ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको आज  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । 

‘कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु’, प्रधानमन्त्री ओलीले भने, ‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।’

समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...