लेकाली हावापानीमा फुलेका गुँराससंग रमाउँदै पर्यटक

Laligurans journey 11

काठमाडौँ । गुराँसको राजधानीको रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा एकै पटक ५० भन्दा बढी देशका पर्यटक आएका छन् ।

लेकाली हावापानीमा फुलेका गुँराससंगै रमाउन आएको भारतसहित एशियाकै विभिन्न मुलुकका ५ सय भन्दा बढी पर्यटक त्यहाँ पुगेका छन् ।

नेपालको इनभिजन टिम र स्प्रीचुअल रिचुअल समूहको व्यवस्थापनमा आयोजित संगीत र कलाको पर्व ‘शक्ति पिक फेस्टिभल’ का लागि ५० भन्दा बढी देशका कला र संगीतका पारखी त्यहाँ पुगेका हुन् ।

मार्च २३ देखि २७ सम्म मनाइने फेस्टिभलका लागि आएकाहरु मंगलबारे र गुफाबजारको मध्यभागमा रहेको खुला चौरमा टेण्ट टाँगेर बसेका छन् । उनीहरुका लागि खाने, बस्ने र संगीतमा रमाउने व्यवस्था गरिएको व्यवस्थापक सुरज केसीले बताए ।

उच्च लेकाली क्षेत्रको हावापानीमा रमाउँदै मनोरम प्राकृतिक दृश्यावलोकन र विभिन्न प्रजातिका गुराँसको अवलोकन गर्दै संगीतमा झुम्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएका बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...