राष्ट्रिय एकता र मौलिकतालाई जोगाउने शिक्षा चाहिन्छ : मुख्यमन्त्री राई
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिएका छन् ।
मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको आज उद्घाटन गर्दै उनले दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने पाठ्यक्रम तर्जुमा गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताए ।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले प्रदेश नं १ सिक्किम, पश्चिम बंगाल र विहारसँग जोडिएकाले भारतका लागि महत्वपूर्ण रहेको बताए ।
सांसद शिवकुमार मण्डलले नागरिकलाई आत्मनिर्भर बनाउने शिक्षा नीतिको खाँचो छ भने । मोरङको कटहरी–१ स्थित तीन कठ्ठा १५ जग्गामा निर्मित उक्त विद्यालय रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । बा¥ह हजार वर्गफिटमा नवनिर्मित दुई तल उक्त भवनमा कार्यालय कक्ष, शिक्षक शिक्षिका कक्ष र शौचालयबाहेक १४ वटा कक्षा कोठा रहेका छन् ।
कक्षा ७ सम्म अध्यापन हुने यस विद्यालयमा २६३ विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन निर्माणका लागि यस क्षेत्रका उद्योगी तथा व्यापारीले सहयोग गरेका थिए ।
पशुपति शिक्षा प्रसार समिति नेपालले मुलुकभरि ३५ विद्यालय निर्माण गरी दुई हजार ५०० छात्र र तीन हजार ५०० छात्राको पठनपाठनको व्यवस्था गरिरहेको छ ।
सम्बन्धित समाचार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशतले ग्रेड प्राप्त
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । एसईई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षा...
मुगु कर्णालीकै पहिलो साक्षर जिल्ला घोषणा
मुगु । हिमाली जिल्ला मुगु ६५ औं जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ । सोमबार एक औपचारिक कार...
कक्षा १२ को परीक्षाफल सार्वजनिक, ५३ प्रतिशत उत्तीर्ण
काठमाडौं । कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार विद्यार...
गोरखाका पाँच पालिकाको निर्णयः सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने
गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा ...
आजदेखि विद्यालय भर्ना अभियान सुरु, भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिइने
काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको ...
सरकार र आन्दोलनरत शिक्षकबीच भयो ६ बुँदे सहमति, सहमति नमान्ने राहत शिक्षकको चेतावनी
काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच छ बुँदे सहमति भएको छ । सो सहमतिपत्...
आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?
काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...
प्रतिकृया दिनुहोस