शैक्षिक समस्या समाधान गर्न विद्यार्थी संगठनको माग, समाधान नभए अन्दोलन गर्ने चेतावनी
काठमाडौँ । विभिन्न विद्यार्थी संगठनले पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा आज एक प्रेस विज्ञप्ति जारी गरी चर्को शुल्क वृद्धि रोक्नुपर्नेमा माग गरेका हुन् ।
सरकारले तोकेको मापदण्ड र निर्देशन विपरीत मेडिकल शिक्षामा गरेको अनियमिततालाई रोकी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्दै अनेरास्ववियूका अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेवि संघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा २१ सदस्यीय अनुगमन टोलीसमेत गठन गरिएको छ ।
सो टोलीले युनिभर्सल मेडिकल कलेज, भैरहवा, चितवन मेडिकल कलेज, भरतपुर, किस्ट मेडिकल कलेज, ललितपुर, गण्डकी मेडिकल कलेज, पोखरा र नेशनल मेडिकल कलेज, वीरगञ्जको अनुगमन गर्नेछ ।
ती विद्यार्थी संगठनले संविधानप्रदत्त अधिकारअनुरुप आधारभूत र माध्यमिक शिक्षालाई पूर्णरुपमा निःशुल्क घोषणा गरी आगामी शैक्षिक सत्रबाट लागू गर्नुपर्ने समेत गरेका छन् । विद्यार्थी संगठनले राखेका माग जतिसक्दो चाँडो समाधान नगरेको खण्डमा कडा संघर्षमा जाने नेविसंघका सहमहामन्त्री प्रेम जोशीले जानकारी दिए ।
सम्बन्धित समाचार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशतले ग्रेड प्राप्त
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । एसईई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षा...
मुगु कर्णालीकै पहिलो साक्षर जिल्ला घोषणा
मुगु । हिमाली जिल्ला मुगु ६५ औं जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ । सोमबार एक औपचारिक कार...
कक्षा १२ को परीक्षाफल सार्वजनिक, ५३ प्रतिशत उत्तीर्ण
काठमाडौं । कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार विद्यार...
गोरखाका पाँच पालिकाको निर्णयः सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने
गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा ...
आजदेखि विद्यालय भर्ना अभियान सुरु, भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिइने
काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको ...
सरकार र आन्दोलनरत शिक्षकबीच भयो ६ बुँदे सहमति, सहमति नमान्ने राहत शिक्षकको चेतावनी
काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच छ बुँदे सहमति भएको छ । सो सहमतिपत्...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस