जाडोमा हट बनेकी सब्नम भन्छिन्, पचाउन सक्ने जति सिन दिन तयार
कपिलवस्तु । सब्नम दाहाल त्यति पूरानो नाम होइन । तर, पछिल्ला केही दिनमा चर्चामा आएको नाम हो । उनी छोटो समयमै अभिनयमा फड्को मार्न थालेकी छन् ।
उनले अहिलेसम्म लिड रोलमा देखिने अवसर त पाएकी छैनन् । तर, सहायकमा भने पर्दामा देखिएकी छन् । उनले ‘निसाफ’, ‘बाबु कान्छा’ र ‘ बाह्रमासे’ सहित ३ वटा चलचित्रमा देखा परेकी छन् ।
त्यो ठूला पर्दाको कुरा भयो । उनले ‘क्या जमाना आ’ र ‘चुरिफुरी’ मा निक्कै चुरीफिरी मच्चाएकी छन् । उनको अभिनय कलाले निर्माता निर्देशकहरु मोहित बन्न थालेका छन् ।
झापाको दमकमा जन्मिएकी सब्नम एक वर्षअघि मात्रै यो पेशामा आएकी हुन् । तर, छोटो समयमा नै उनी सबैको आँखामा पर्न थालेकी छन् । उनी झापामै रहँदा एउटा गीतको म्युजिक भिडियोमा अभिनय गरेर काठमाडौं छिरेकी हुन् ।
अहिले मोडलिङ क्षेत्रमा लाग्नेहरुको ताँती नै छ । र प्रतिस्पर्धा पनि उस्तै छ । यो क्षेत्रमा आउने केहीले आफुलाई भल्गर रुपमा प्रस्तुत गरेर पनि चर्चामा आएका छन् । केही साच्चै कलाकै कारण अघि आएका छन् । उनी चाँही अभिनय क्षमता राम्रो भएकै कारण छोटो समयमा चर्चामा आउन सफल बनेकी छन् ।
‘समाजले पचाउन सक्ने खालको रोल पाए जस्तो पनि गर्न सकिन्छ’ उनले निशान न्युजसँग भनिन्, ‘अहिले हाम्रो समाजले कमेडी र रोमान्टिक खोज्ने भएकाले त्यसलाई सुहाउने रोलमा अभिनय गर्न म तयार छु ।’
‘मलाई एउटा राम्रो र सफल कलाकार बन्नु छ, हिरोईन हैन’ उनले भनिन्, ‘हिरोईनमा पनि आएको काम त गरिन्छ । तर म हिरोईनी बन्छु भनेर आएको हैन । म एउटा सफल कलाकार बन्छु भनेर आएको हो ।’
प्रतिकृया दिनुहोस