मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुरु गरियो पिएचडी कार्यक्रम

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पहिलो पटक विद्यावारिधि ( पिएचडी ) कार्यक्रममा शुरु गरेको छ । शुक्रबार वीरेन्द्रनगरमा एक समारोहबीच विश्वविद्यालयले व्यवस्थापन संकायमा पिएचडी कार्यक्रम शुभारम्भ गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दैै प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले २५ वर्ष पुराना विश्वविद्यालयले सञ्चालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गरे ।
विगतका शासकका कारणले गर्दा प्रदेश नं ६ शैक्षिक क्षेत्रमा पछाडि परेको उहाँको भनाइ थियो । “शासकहरुले सन्तुलित विकास नगर्दा हामी पछाडि परेका हौँ”, उनले भने, “विकासको रथ अगाडि बढाउनका लागि मुख्य रथका रुपमा रहेको शैक्षिक क्षेत्र बलियो हुनुपर्छ, त्यो क्षेत्र नै बलियो भएन भने विकास हुँदैन ।”
पिएचडी कार्यक्रमले प्रदेश नं ६ को समग्र विकासका लागि शिक्षाको पनि महत्वपूर्ण भूमिका रहने प्रदेश प्रमुख खनालको भनाइ छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले प्रदेश नं ६ स्रोत साधनले भरिपूर्ण प्रदेश भएको उल्लेख गर्दै “प्राप्त स्रोत साधनलाई प्रयोग गर्न सकियो भने प्रदेश नं ६ सबैभन्दा अघि धनी प्रदेश बन्ने छ,”भने ।
जबसम्म प्रविधिउन्मुख शिक्षालाई अगाडि बढाउन सक्दैनौँ, तबसम्म मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिदैन्, उनले भने ।
प्रतिनिधिसभा सदस्य नवराज रावतले आफूसँग स्रोत साधनलाई परिचालन गरेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए ।
पिएचडी कार्यक्रमको प्रक्रिया केही महिनाअघि नै शुरु भए तापनि आज औपचारिक रुपमा शुरुवात् गरिएको व्यवस्थापन संकायका डिन डा मस्तबहादुर गरञ्जाले बताए ।
सम्बन्धित समाचार
शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने
काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...
नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको अधिवेशन, गोविन्द राई अध्यक्ष चयन
धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सो अधिवेसनले ...
आजदेखि एसइई सुरु, धनकुटाबाट २५ सय ३६ जना विद्यार्थी परिक्षामा सहभागी
धनकुटा । आजदेखि माध्यामिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस...
एसइइको सम्पूर्ण तयारी पूरा, धनकुटाबाट २५ सय ३६ जना विद्यार्थी एसइइ परिक्षामा सहभागी हुने
धनकुटा । भोलीदेखि हुने माध्यमिक विद्यालय परिक्षा एसइइको सम्पूर्ण तयारी पूरा भएको छ । यो वर्ष धनकु...
भीरगाउँको टंक माविमा विद्यार्थीलाई टाइम कार्ड, विद्यार्थीले लगाउँछन् जातीय पोशाक
धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँमा रहेको श्रीमान टंक माध्यमिक विद्यालयले विद्यार्थीलाई टाइम का...
गोकुण्डेश्वर माध्यमिक विद्यालयको ९२ औं बार्षिक उत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित
धनकुटा । धनकुटाको पुरानो विद्यालयको रुपमा चिनिएको गोकुण्डेश्वर माध्यमिक विद्यालयले आफ्नो ९२ औं बा...
धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित
धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...
प्रतिकृया दिनुहोस