अशक्त आवास बनाउन जुट्दै प्राधिकरण
काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण घर बनाउन नसक्नेलाई अशक्तहरुको घर आफैँले बनाइदिने गृहकार्यमा जुटेको छ ।
विशेष गरेर ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपांगता सम्बन्धी रातोकार्ड पाएका व्यक्ति, ६० वर्ष माथिका एकल महिला र परिवार नभएका टुहुरा १५ वर्षमुनिका बालबालिकालाई प्राधिकरणले घर बनाइदिने गृहकार्यमा जुटेको हो ।
‘एकल महिला सबैलाई घर बनाइदिने कि भनेर तथ्यांक संकलन गर्दा धेरै आएकाले निश्चित कोटा निर्धारण गरेका हौँ,’ प्राधिकरणका काभ्रे जिल्ला प्रमुख धु्रव गैँडाले भने, ‘ती तथ्यांक संघीय आयोजना कार्यान्वयन एकाइ र पुनःनिर्माण प्राधिकरणमा माघ ५ गतेभित्र पठाइसक्न प्रत्येक नगरपालिका र गाउँपालिकामा पत्र पठाइसकिएको छ ।’
घर बनाउन नसक्ने अवस्थाका मानिस देखेर नै नयाँ नीति निर्माण गर्नका लागि केन्द्रलाई अनुरोध गरेको र केन्द्रले पनि पहिले तथ्यांक संकलन गर्न अनुमति दिएको उनले बताए ।
प्रतिकृया दिनुहोस