डा. केसीसँग ५ बूँदे सम्झौता, आज अनशन तोड्ने
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच ५ बुँदे सम्झौता भएको छ ।
महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा. स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा ५ बूँदे सम्झौता भई आज अनशन तोडने सहमति भएको छ ।
डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले भोलि डा. केसीले अनशन तोड्ने जानकारी दिए । उनी ५ दिनदेखि अनशनमा छन् । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन शुरू गरे ।
सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा. डा. जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।
अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उनीलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो । भोलि बिहान १० बजे अनशनस्थल शिक्षण अस्पताल, महाराजगञ्जमा डा. केसीले अनशन तोड्नु हुने डा. सिहले जानकारी दिए । यो उनको १४औ आमरण अनशन हो ।
प्रतिकृया दिनुहोस