रोल्पामा मादक पदार्थ सेवनले मृत्यु र हिंसाका घटना बढे

Women violence

रोल्पा । रोल्पामा मादक पदार्थ सेवनले वर्षेनी थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन् ।

जिल्लामा मादकपदार्थ सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ ।

२०७२ सालमा यसरी मृत्यु हुनेको संख्या ३४ जना रहेको थियो । मादक पदार्थ सेवनकै कारण विभिन्न घटनामा परी २०७३ सालमा २९ जनाको मृत्युभएको थियो । चालु वर्षको मंसिर मसान्तसम्म यो संख्या १५ जना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जिल्लामा भवितव्यअन्तर्गत सूचीकृत हुने अधिकांश घटना मदिरा सेवनकै कारण हुने देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

मदिरा सेवनले लैंगिक हिंसाका घटनासमेत बढिरहेको देखिएको छ । कर्तव्य ज्यानदेखि जबर्जस्ती करणीसम्मका घटनाको कारकसमेत मादकपदार्थ सेवन देखिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ ।

मादक पदार्थ न्यूनीकरणका लागि आमा समूहको सक्रियतामा विभिन्न अभियान सञ्चालन गरिएपनि सार्थकता पाउन नसकेको आमा समूहकी गौमाया केसीले बताउनुभयो । प्रहरीको सहयोगमा मादक पदार्थ न्यूनीकरणका अभियान सञ्चालन गरे पनि अभियानले सार्थकता पाउन सकेन केसीले भने ।

परिवार विखण्डन, मृत्यु, हत्या तथा लैंगिक हिंसाको कारक मादक पदार्थ भए पनि यसको न्यूनीकरण हुन नसक्नु दुःखद् रहेको केसीको भनाइ छ । आमा समूहको सक्रियतामा महिलाको सहभागितामा घरघर पुगेर घरेलु मादक पदार्थ नष्ट गर्ने अभियान चलाउँदा विभिन्न आरोप खेप्न परेको केसीले दुखेसो पोखे ।

जिल्लामा घट्ने लैंगिक हिंसाका शतप्रतिशत घटना मादक पदार्थ सेवनकै कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि आफूहरुले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको लैंगिक हिंसा न्यूनीकरणविरुद्धको जिल्ला कार्यकारी सञ्जालका अध्यक्ष श्रीकुमारी रोकाले बताए ।

मादक पदार्थ सेवनको मात्रा जिल्लामा अत्यधिक मात्रामा बढिरहेको देखिएकाले यसको न्यूनीकरणका लागि सडक नाटकलगायतका चेतनामूलक कार्यक्रम चलाएका छौँ, रोकाले भने ।

प्रहरीसँगको समन्वयमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरिरहेको भए पनि परिणाम अपेक्षाकृत उपलब्धिमूलक हुन नसकेको रोकाको भनाइ छ । अभियान आक्रामक नहुँदासम्म उपलब्धि हासिल गर्न नसकिने उनको सुझाव छ ।

जिल्लामा धर्म, जाति र संस्कारका नाममा मादक पदार्थ सेवनमा छुट दिँदा विकृति बढिरहेको महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताए ।

मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा हिँडडुल गर्ने तथा घरेलु मादक पदार्थ उत्पादन गर्ने सबैलाई हदैसम्मको कारबाही नहुँदासम्म यसको न्यूनीकरण हुन नसक्ने आचार्यको भनाइ छ ।

आमा समूहहरुले स्वतःस्फूर्त रुपमा सञ्चालन गरेको मादक पदार्थविरुद्धको अभियानलाई सहयोग गर्नुपर्ने आचार्यको भनाइ छ । अन्य सामाजिक अभियानजस्तै मादक पदार्थ सेवनविरुद्धको अभियानलाई समेत राज्यले प्राथमिकता दिनुपर्ने आचार्यले सुझाव दिए

मादक पदार्थ सेवनलाई लागुऔषधको रुपमा लिइएकाले यसको न्यूनीकरणका विभिन्न उपाय चालिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

लागुऔषध नियन्त्रण जिल्ला कार्यकारी सञ्जालमार्फत यसको न्यूनीकरणको कार्ययोजना तयार गरी काम थालनी गर्न लागिएको फुयाँलले बताए ।

जिल्लामा हुने अधिकांश घटनाको कारक तत्व मदिरा नै भएको आफूहरुले पहिचान गरिसकेको हुँदा नियन्त्रणका लागि विशेष अभियान चाल्ने उनको भनाइ छ । जिल्लामा मादक पदार्थ सेवन संस्कारकै अभिन्न अंग रहेको फुयाँलले बताए । सामुदायिक प्रहरी सेवा समितिमार्फत अभियानलाई सशक्त बनाउने पनि फुयाँलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...