राईटपाथ करियरको दोस्रो वर्षमा प्रवेश

Raitpath 25

काठमाडौँ । राईटपाथ करियर काउन्सेलिङ दोस्रो वर्षमा प्रवेश गरेको छ । उच्च शिक्षा अध्ययन गर्न विदेश जाने नेपाली विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दै आइरहेको काउन्सेलिङले आफ्नो दोस्रो वार्षिक उत्सव विभिन्न कार्यक्रम गर्दै मनाएको छ ।

पुतलीसडकस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा साहित्यकार भद्रकुमारी घलेले राइटपाथले युवा विद्यार्थीहरूलाई विदेश गएर उच्च शिक्षा हासिल गरेर स्वदेशमै आउन अभिप्रेरित गर्न परामर्श दिएमा विद्यार्थी र देशकै विकास हुने बताइन् ।

उनले विद्यार्थीको उज्ववल भविष्य निर्माणमा कन्सल्टेन्सीले सही बाटो देखाए त्यसले समाज र राष्ट्र निर्माणमा समेत सहयोग पुग्ने भन्दै उच्च शिक्षाका लागि विदेशिएका विद्यार्थीले स्वदेश फर्किएर सेवा दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका गिनिज वर्ल्ड बुक रेकर्डमा ८० घण्टाभन्दा लामो म्याराथुन भाषणमार्फत नेपालको नाम राख्न सफल मोटिभेसनल स्पिकर अनन्तराम केसीले अहिले बजारमा शैक्षिक परामर्श दिने नाममा विभिन्न प्रकारबाट सञ्चालित कन्सल्टेन्सीहरुले मानव तस्कर नै गर्ने गरेकोले विद्यार्थीले कन्सल्टेन्सी छनौट गर्दा ध्यान दिनुपर्ने औँल्याए ।

सो कार्यक्रममा नेपाल टेलिकमका उपप्रबन्धक गणेश चौधरी, राईटपाथका शैक्षिक परामर्शदाता सम्राटसिं ठकूरी, सो कार्यक्रममा काठमाडौँ लायन्स क्लब अफ बिहानीका अध्यक्ष नारायण रिजाल, मेघा टेलिभिजनका कार्यक्रम संयोजक ईश्वरप्रसाद ढकाल, मकालु खबर डटकमका डाइरेक्टर इ. हरिओम दास लगायतले विद्यार्थीको भविष्य निर्माणमा राईटपाथले सही परामर्श गरेको बताएका थिए ।

सो वार्षिक उत्सवमा लगातार ८० घण्टा बढी भाषण गरेर गिनिजवुक अफ रेकर्डमा आफ्नो नाम लेखाउन सफल मोटिभेसनल स्पीकर अनन्तराम केसीलाई सम्मान गरिएको थियो । उनलाई साहित्यकार भद्रकुमारी घलेले सम्मानपत्र र खादा लगाईदिएर सम्मान गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...